arrow

नेकपा एस विशेष मन्त्रालय हत्याउने प्रयासमा, मन्त्री पठाउन कार्यदल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
NCP-united-socialist-madhav-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीले दुईदेखि तीन जना मन्त्री पठाउन तीन सदस्यीय कार्यदल बनाएको छ । सरकारमा जाँदा लिने मन्त्रालयको विषयमा भतभेद भएपछि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो । कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेका छन् । 

सरकारमा सहभागिताबारे छलफल गर्न बसेको सचिवालय बैठक पार्टीले लिने मन्त्रालयको विषयमा नेताहरूबीच मतभेद भएको थियो । राजेन्द्र पाण्डे लगायतका नेताहरुले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय छाड्न नहुने धारणा राखेका थिए भने केहीले जनतासँग प्रत्यक्ष जोडिएको मन्त्रालय आफूहरूले लिनुपर्ने धारणा राखेका थिए । 

बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरु राजेन्द्रप्रसाद पाण्डे, केशवलाल श्रेष्ठ, जयन्ती राई, डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधर र प्रवक्ता जगन्नाथ खतिवडा सहभागी थिए । 

अधिकांश नेताहरूले बैठकमा जनतासँग प्रत्यक्ष जोडिएको गृह, सिँचाइ, खानेपानी, शिक्षा, खेलकुद, स्वाथ्यलगायत मन्त्रालय मध्ये लिएर सरकारमा जानुपर्ने धारणा राखेका थिए ।

पार्टीका मन्त्रीहरूले गर्ने काम, कस्ता नीति कार्यक्रम, केन्द्रदेखि प्रदेशसम्मको विषयमा गृहकार्य गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए । 

उनले पार्टीले कति मन्त्रालय लिने भन्ने विषयमा आफूहरूले कतै नभनेको बताए । 

तर राजेन्द्र पाण्डेले भने चार मन्त्रालय लिएर सरकारमा जानुपर्ने र त्यसमा पनि गृह मन्त्रालय पार्टीले लिनुपर्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ