arrow

पुलिसलाई हराउँदै मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

logo
नारायण वली,
प्रकाशित २०७९ चैत ७ मंगलबार
manang-police-2079-12-07.jpg

रुपन्देही । मनाङ मर्स्याङदी क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २-१ गोलअन्तरले पाखा लगाउँदै मनाङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुरुदेखि नै दबाबमा रहेको पुलिसले एक गोल फर्काए पनि जितको लागि पर्याप्त हुन सकेन । पुलिसबुद्ध बल तामाङले गोल फर्काएका थिए। तामाङले दोस्रो हाफको १७ औं मिनेटमा गोल गरेका थिए । 

मनाङका २१ का प्रशन्न श्रेष्ठले खेलको ३२ औं मिनेटमा र चेतनकुमार थारुले पहिलो हाफको इन्जुरी समयमा  एक-एक गोल गरेका थिए । 

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा विभागीयसहित ८ वटा टिमले सहभागीता जनाएको प्रतियोगितामा विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ