arrow

३० जना लडाकू मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
Senior-ISIS-leader-Bilal-al-Sudani-killed-in-US-military-operation-in-Somalia-hk.jpeg

मोगादिसु । अल-शबाबविरुद्ध सोमाली राष्ट्रिय सेनाले देशको दक्षिणी भागमा गरेको कारबाहीमा ३० जना लडाकू मारिएका छन् भने अन्य धेरै जना घाइते भएका छन् ।

राष्ट्रिय सेनाका कमाण्डर मोहम्मद तहलिल बिहीका अनुसार आतङ्कवादी समूह अल-शबाबले सैनिक आधार क्षेत्रमा आक्रमणको प्रयास गरेपछि भएको दोहोरो भिडन्तमा उनीहरू मारिएका हुन् । 

सरकार समर्थक समूहले सैनिकलाई सघाएको थियो । झडपमा सैनिक तथा समर्थक समूहमा भएको हताहतीबारे कुनै जानकारी दिइएको छैन ।

अल-शबाब चरमपन्थी समूहले भिडन्तको क्रममा २० जना सैनिक मारिएका, अन्य १० जनालाई घाइते बनाएको र दुईवटा गाडी जलाएको दाबी गरेको छ ।

 गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोही विरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल-शबाब विरुद्धको आक्रमणलाई तीव्र बनाएको छ । 

राष्ट्रपतिले अल-शबाब लडाकूहरूलाई परास्त गर्न सैन्य कारबाहीलाई अझ व्यापक बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ