arrow

  भायानेटले ल्यायो नेपालकै पहिलो टु जीबीपीएस इन्टरनेट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
vianet-gbps-2023.jpg

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसनले नवीनतम एक्सजीएएस फाइबर प्रविधिमा आधारित टु जीपीपीएस एक्सजीएस–एक्सट्रिम प्याकेजमार्फत नेपालकै पहिलो मल्टिगिग इन्टरनेट सार्वजनिक गरेको छ । 

यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ । एक्सजीएस–पीओएन अर्थात् १० गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो जसले १० जीबीपीएस सम्मको डाउनलोड र अपलोड स्पिड प्रदान गर्दछ । 

भायानेटले प्रेस विज्ञप्ति जारी गरी हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्क (जीपीओएन) मा आधारित भएको जनाएको छ ।

हाल गिगाबिट प्यासिफ अप्टिकल नेटवर्क  (जीपीओएन) प्रविधि इन्टरनेट वितरणको लागि प्रयोग गरिने प्राथमिक विधि हो जसको अधिकतम डाउनलोड गति २.४ जीबीपीएस र १.२ जीबीपीएसको को अपलोड गति छ ।

अब एक्सजीएस–पीओएनको लन्चसँगै ग्राहकहरूले १० जीबीपीएस सम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सक्ने भायानेटले जनाएको छ ।

भायानेट कम्युनिकेसनले नेपालको पहिलो २ जीबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउन यो प्रविधि छनोट गरेको हो । एक्सजीएस–पीओएन मार्फत कम्पनीले नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गराउने विश्वास लिएको जनाएको छ । 

अब ग्राहकले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्नेछ न्। यसले कम्पनीलाई भर्चुअल रियालिटी, हाई रिजोलुसन भिडियो स्ट्रिमिङ, मल्टि(डिभाइस भिडियो स्ट्रिमिङ र क्लाउड कम्प्युटिङ जस्ता नयाँ(नयाँ इन्टरनेटको प्रयोगको लागि तयार राख्ने जनाएको छ ।

हालका लागि नयाँ एक्सजीएस फाइबर प्रविधिमा आधारित उत्पादनहरूको एक्सजीएस–एक्सट्रिम लाइन अप काठमाडौं उपत्यकाका चुनिएका क्षेत्रहरूमा मात्र उपलब्ध छ । यद्यपि भायानेटले छिट्टै आफ्ना एक्सजीएस उत्पादनहरूको कभरेज उपत्यकाभरी बनाउन प्रतिबद्ध रहेको दाबी गरेको छ।

भायानेट कम्युनिकेसन नेपालमा अत्याधुनिक प्रविधि र उत्कृष्ट सेवाहरू उपलब्ध गराउन सधैं प्रतिबद्ध रहेको जनाएको छ र एक्सजीएस–एक्सट्रिम भायानेटले विगतमा ल्याएका केही अग्रगामी आविष्कारहरूको निरन्तरता हो । 

सन् २०११ मा भायानेटले नेपालमा पहिलो पटक फाइबर टू द होम प्रविधि ल्याएर देशको इन्टरनेटको क्षेत्रमा परिवर्तन ल्यायो । त्यस्तै सन् २०१६ मा नेपालको पहिलो आईपीटीभी सेवाको सुरुवातसँगै यसले नेपालीहरूको टिभी हेर्ने अनुभवलाई सदाका लागि परिवर्तन गर्यो । कम्पनीले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवाहरू प्रदान गर्न उन्नत प्रविधि र पूर्वाधारमा लगानी जारी राख्ने योजना बनाएको छ ।

‘हामीले गर्ने सबै कुराको केन्द्रमा हाम्रा ग्राहक रहेका छन्। र उनीहरूको इन्टरनेटका आवश्यकताहरू समयसँगै विकसित हुँदै गएको कुरा हामीले बुझेका छौँ। एक्सजीएस–एक्सट्रिम हामी नेपालमा नवीनतम प्रविधि मार्फत देशमा सबैभन्दा छिटो गतिको इन्टरनेट सेवा प्रदान गर्न र उत्कृष्ट सेवाहरू ल्याउने हामी प्रतिबद्ध छौँ भन्ने कुराको अर्को एउटा उदाहरण हो’, भायानेट कम्युनिकेसन्सकी सीईओ सेवा पाठकले भनिन् । 

सन् १९९९ मा स्थापना भएको भायानेट कम्युनिकेशन लिमिटेड नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकहरू मध्ये एक हो । दुई दशकभन्दा बढीको अनुभवका साथ भायानेट कम्युनिकेशनले नेपालभरका घर तथा व्यवसायहरूका लागि उच्च गतिको इन्टरनेट र उत्कृष्ट टीभी सोलुसनहरू उपलब्ध गराउँदै आएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ