arrow

गगनको सुझाव प्रचण्डलाईः म साँच्चिकै डराएको छु, नागरिकलाई नतर्साउनुस्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
gagan-thapa-2079-12-7.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकलाई नतर्साउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । 

बिहीबार सामुदायिक रेडियो प्रसारक संघ अकोराबको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डलाई नागरिकलाई नतर्साउन सुझाव दिएका हुन् । 

प्रधानमन्त्रीसमेत सहभागी सो कार्यक्रममा उनले आफूसमेत डराएको बताउँदै नागरिकलाई नतर्साउन भनेका हुन् । म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक–पटक भनेको छु नागरिकलाई नतर्साउनुस्,’ उनले भने । 

आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट प्रधानमन्त्री प्रचण्डलाई नरहेको भन्दै उनले देश विकासका लागि कसरी अघि बढ्ने त्यतातर्फ ध्यान दिन सुझाव दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ