arrow

एमबाप्पेको दुई गोलमा फ्रान्सले नेदरल्यान्ड्सलाई हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ११ शनिबार
france4-football-2023.jpeg

काठमाडौं । केलियन एमबाप्पेको कप्तानीमा रहेको फ्रान्सले युरोकप छनोट फुटबलमा शानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई ४–० गोल अन्तरले हराएको हो ।

फ्रान्सको जितमा एमबाप्पेले दुई गोल गरे । एन्टोनी ग्रीजम्यान र डायोट उपामेकानोले एक एक गोल गरे ।

जितसँगै फ्रान्सले पहिलो खेलमा ३ अंक जोडेको छ । फ्रान्स समूह बी को शीर्ष स्थानमा रहेको छ ।

अंकविहीन नेदरल्यान्ड्स पुछारमा रहेको छ । यो समूहको अर्को खेलमा ग्रीसले जिब्राल्टारलाई ३–० ले हरायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ