arrow

कारखाना विष्फोटमा दुईको मृत्यु, नौ बेपत्ता, छ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ११ शनिबार
china-chemical-plant-explosion.jpg
तस्बिर – फाइल ।

वासिङ्टन । पेन्सिल्भेनिया राज्यको चकलेट कारखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् । 

राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक छ जना घाइतेलाई अस्पताल पु-याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

विष्फोट ज्यादै शक्तिशाली रहेको जानकारी दिँदै वेस्ट रिडिङका नगरप्रमुख सामन्था कागले भवन चार फिट अगाडि सरेको बताएका छन् । टेलिभिजनमा देखाइएका तस्बिरमा भवनको भग्नावशेषमा आगो दन्दनी बलेको देखिन्छ भने वारुणयन्त्रका कर्मचारी त्यसलाई निभाउने प्रयास गरिरहेका  देखिन्छन् । विष्फोटको कारण खुलेको छैन । सम्बद्ध अधिकारीले अनुसन्धान थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ