arrow

तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

logo
नारायण वली,
प्रकाशित २०७९ चैत ११ शनिबार
tilottoma-goldcup-manang-2079.jpg

रुपन्देही । बुटवलको एन्फा टेक्निकल सेन्टरमा सम्पन्न २२ औं तिलोत्तमा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङले पहिले पटक उपाधि चुमेको हो ।

जितसँगै मनाङले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । उपाधि चुम्न नसकेको सुदूरपश्चिम ११ ले भने ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ ।

सडन डेथअघि भएको खेलमा दुवै टिमबाट १/१ गोल भएको थियो । खेलको ५८ औं मिनेटमा कोफिट टोमिटेले गोल गर्दै मनाङ मर्स्याङ्दी क्लबलाई अग्रता दिलाए पनि त्यो अग्रता लामो समय टिक्न सकेन । खेलको ७० औं मिनेटमा सुदूरपश्चिम ११ का लागि फागुराम थारुले गोल गर्दै खेललाई १/१ बराबरीमा पुर्याएका थिए ।

त्यसपछिको समयमा दुवै टिमले थप गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो । पेनाल्टी पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ