arrow

युक्रेनी अर्थोडक्स चर्चका सदस्यले छोडेनन् कीएभ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
roman-catholic-church-mexico.jpg

कीएभ । युक्रेनी र रूसी दुवै इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कीएभ चर्चमा मस्कोप्रति वफादार रहेको आरोप लागेका सयौं भिक्षुहरूले निष्कासनको अवज्ञा गरिरहेका छन् ।

सरकारले बुधबारसम्म कीभ-पेचेस्र्क लाभ्रा छाड्नुपर्ने बताएको छ तर भिक्षुहरूले भने उक्त आदेशको कुनै आधार र योजना नभएको बताएका छन् ।

चर्चका प्रवक्ता आर्कबिशप क्लिमेन्टले चर्चमा एएफपीसँग भने, 'निष्कासनको कुनै कानुनी आधार छैन ।'

भिक्षुहरू रूसी अर्थोडक्स चर्चको अधिकारअन्तर्गत युक्रेनी अर्थोडक्स चर्चका सदस्य हुन् । तर,गत वर्ष रूसले युक्रेनमाथि आक्रमण गरेपछि चर्चले युद्धका समर्थक रुसी प्याट्रिआर्क किरिलसँग सम्बन्ध तोडेको थियो । तर युक्रेन सरकारले उनीहरू अझै पनि मस्कोमा निर्भर छ भन्ने विश्वास गर्दछ ।

निप्रो नदीको दृश्यावलोकन गर्ने गुफा चर्च ११ औं शताब्दीमा स्थापना भएको थियो र यो युनेस्कोको विश्व सम्पदा क्षेत्र हो ।

'रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनविरुद्धको युद्धको निन्दा गर्ने युक्रेनको पहिलो धार्मिक सङ्गठन हाम्रो चर्च हो,' क्लिमेन्टले भने । 

'मातृभूमिको रक्षाका लागि चर्चले युक्रेनी सेनालाई आशीर्वाद दिएको छ,’ उनले भने ।

तर यसै महिनाको सुरुमा सरकारले राज्यको सम्पत्ति नियमको ‘उल्लङ्घन’ भएको भन्दै चर्चलाई खाली गराउन लागेको बताएको थियो ।

प्रवक्ताले क्लिमेन्टले अब ‘जबर्जस्ती निष्कासन’ र बिजुली, पानी र इन्टरनेट कटौतीको खतरा रहेको बताएका छन् । 

उनले भने, 'हामी सकेसम्म लाभ्रामा बस्नेछौं ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ