arrow

अमेरिकी राज्यमा विनाश, आँधीमा २६ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
misisipi1.jpg

अमेरिका ।  अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २६ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ । 

मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए) का अनुसार राज्यको राजधानी ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा खोजी तथा उद्धार कार्य जारी छ ।

'मिसिसिपी डेल्टाका धेरैलाई शनिबार राति तपाईंको प्रार्थना र ईश्वरको सुरक्षाको खाँचो छ,' स्थितिको भयानक तस्बीर चित्रण गर्दै गभर्नर टेट रिभ्सले ट्वीटरमा लेखका छन् । 

उनले भने, 'हामीले प्रभावितका लागि थप एम्बुलेन्स र अन्य आपतकालीन सम्पत्ति उपलब्ध गराउने गरी मेडिकल सहयोग जारी गरेका छौं । खोजी र उद्धार कार्य जारी छ ।' 

मौसमको रिपोर्ट हेर्न र सतर्क रहन स्थानीयबासिन्दालाई सचेत रहन भनिएको छ ।

एबीसीका अनुसार शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टीमा दुई जनाको मृत्यु भएको छ । हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक व्यक्तिको मृत्यु भएको राज्य राजमार्ग गस्ती टोलीले एबीसीलाई बताएको छ । मृतक र वेपत्ताहरूको सङ्ख्या निके हुनसक्ने अधिकारीहरूले बताएका छन् । 

टिभीमा प्रशारित भिडियोमा आपतकालिन सेवाहरूले सहयोगको खाँचो परेकाहरूलाई पुर्‍याउने प्रयास गरिरहँदा घरहरु समतल भएको र सडकहरुमा भग्नावशेष छरिएको देखिएको छ । 

मेमाका मालरी ह्वाइटले भने, 'जहाँसम्म आधिकारिक क्षतिको आँकलन शनिबार मध्यान्नसम्म असम्भव हुने देखिएको छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ