arrow

तीन हजार बढी लडाकु मारिए, सैँतीस सय घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
alsabab-millitant.jpg
तस्बिर – फाइल ।

मोगादिसु । बितेका छ महिनामा सोमाली राष्ट्रिय सेनाले अल–शबाबविरुद्ध देशका विभिन्न  भागमा गरेको कारबाहीमा तीन हजारभन्दा बढी लडाकु मारिएका छन् । तीन हजार सात सय जना घाइते भएका छन् ।

सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले अल–शबाबको अधीनमा रहेका करिब ७० गाउँ र शहरलाई स्थानीय जनताको सहयोगमा देशको राष्ट्रिय सेनाले मुक्त गरेको बताएको छ ।

उक्त मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा राष्ट्रिय सेनाले अन्तरराष्ट्रिय मानवीय कानुन, मानवअधिकार कानुन, इस्लामिक कानुन र सोमाली परम्परागत युद्ध नियमको पूर्ण पालना गर्दै चरमपन्थीमाथि कारबाही गरेको जनाइएको छ । 

रमजानको पवित्र महिनामा सोमाली जनता चरमपन्थीबाट सुरक्षित रहुन् भन्ने उद्देश्यका साथ कारबाहीलाई अझ व्यापक बनाइएको बताइएको छ । आतङ्वादीविरुद्ध अब दोस्रो चरणको आक्रमणको तयारी सेनाले गरिरहेको मन्त्रालयले बताएको छ । 

गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोहीविरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल–शबाब विरुद्धको आक्रमणलाई तीव्र बनाएको थियो । चरमपन्थी समूह अल–शबाबले सोमालियाका दक्षिण र मध्य भागमा अवस्थित ग्रामीण भेगमाा आफ्नो नियन्त्रण कायम राखेको छ । 

गत साता राष्ट्रिय सेनाका कमाण्डर मोहम्मद तहलिल बिहीले आतङ्कवादी समूह अल–शबाबले सैनिक आधार क्षेत्रमा आक्रमणको प्रयास गरेपछि भएको दोहोरो भिडन्तमा ३० जना मारिएका बताएका थिए । 

सरकार समर्थक समूहले सैनिकलाई सघाएको थियो । अल–शबाबले भिडन्तको क्रममा २० जना सैनिक मारिएका, अन्य १० जनालाई घाइते बनाएको र दुईवटा गाडी जलाएको दाबी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ