arrow

देश बिरामी छ समाधान गर्न एकजुट हौँ – शेखर कोइराला [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
Sequence 09.00_47_08_21.Still014.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशको संकटग्रस्त आर्थिक अवस्था र नागरिकको समस्या समाधान गर्न दलहरु एकजुट हुनुपर्ने बताएका छन् । 

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उनले कर तिर्न उद्योग व्यवसायमा निराश बढेकाले देश नै गम्भीर बिरामी अवस्थामा पुगेको बताए । देशको आर्थिक अवस्था सुधार्न र जनताको समस्या समाधान गर्न दलहरु एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । 

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पनि चुनौती बढेको बताउँदै उनले गणतन्त्र र अर्थतन्त्रमाथि संकट आउँदा बाह्य कारण खोजेर मात्रै समाधान नहुने बताए ।

गणतन्त्र र अर्थतन्त्रमा आएको चुनौतीको कारण स्वयं राजनीतिक दलहरु रहेका र समाधानका लागि पनि दलहरु नै जिम्मेवार र नैतिक आत्मबोध गरेर गर्नुपर्ने उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ