arrow

चैत १५ मा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
public-holiday-sarwajanik-bida.jpg

गण्डकी ।  गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वका अवसरमा यही चैत १५ गते बुधबार  सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । 

सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए । 

हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ