- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त बैठक आजबाट शुरु हुँदैछ । हरेक वर्ष हुँदै आएको सो संयुक्त बैठक यो पटक चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो । यसअघि सो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो ।
नेपाली सेनाका अनुसार यस पटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ ।
नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्दैछन् भने अमेरिकी सेनाको नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नेछन् । जसको कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन् ।
सन् २०१८ देखि हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ ।