arrow

मिसिसिपी अझै चक्रवातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
mississippi-flood.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा आएको विनाशकारी आँधीका कारण गरिएको सङ्कटकालको घोषणालाई अनुमोदन गरेका छन् । 

भीषण आँधीबेहरी, र चक्रवातबाट प्रभावित क्षेत्रहरूमा पुनः स्थापना प्रयासहरूलाई पूरक बनाउन संघीय सहायताको आदेश दिँदै राष्ट्रपति बाइडनले संकटकालको घोषणालाई अनुमोदन गरेका हुन् ।

उता मिसिसिपी आपतकालीन व्यवस्थापन निकायले एक विज्ञप्ति जारी गर्दै शुक्रबार र शनिबार साँझ राज्यको ठूलो हिस्सामा भीषण आँधीबेहरी आएको र यो अझै सक्रिय रहन सक्ने बताएको छ।

‘मिसिसिपीमा खराब मौसमका कारण २५ जनाको मृत्यु भएको छ। अझै पनि विनाशकारी आँधी आउन सक्ने भएकोले सम्भव भएसम्म सुरक्षित स्थलमा रहन आग्रह गरिन्छ,’ विपत् व्यवस्थापन निकायले ट्वीट् गर्दै भनेको छ, ‘चक्रवातको सम्भावनालाई नकार्न सकिँदैन।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ