arrow

अमेरिकी राज्यहरु विश्वका अन्य शक्तिशाली देशभन्दा जीडीपी उत्पादनमा अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
usa-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौं । अमेरिका विश्वकै एउटा आर्थिक शक्ति हो । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र सम्हालेको अमेरिकाले सन् २०१८ मा २०.५ ट्रिलियन डलर कूल गार्हस्थ उत्पादन (जीडीपी) बटुलेको थियो । जबकि सन् २०१७ मा विश्वभरकै जीडीपी ८० ट्रिलियन डलर रहेको थियो । 
अमेरिकी सबै राज्यमा डीडीपी भएकाले गर्दा अमेरिका अन्य देशहरुभन्दा आर्थिक रुपले शक्तिशाली रहेको छ । 

अमेरिकी राज्यहरुमा सबैभन्दा बढी जीडीपी उत्पादन गर्ने राज्य क्यालिफोर्निया हो । सिंगो बेलायतको भन्दा बढी जीडीपी क्यालिफोर्नियाले जम्मा गर्छ । क्यालिफोर्नियाले २.९७ ट्रिलियन जीडीपी उत्पादन गर्दा बेलायतले मात्र २.८१ ट्रिलियन डलर जीडीपी उत्पादन गरेको थियो । 

अर्कातर्फ क्यालिफोर्नियामा भन्दा ७५ प्रतिशत बढी कामदार बेलायतमा रहेका छन् । क्यालिफोर्निया विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो । 

भर्जिनियाले संघीय सरकारलाई पठाउने करहरुमा १ डलरका लागि १.९७ डलर प्राप्त गर्दछ । 

टेक्सास राज्यको जीडीपी क्यानडाको भन्दा बढी छ । टेक्सासले १.७८ ट्रिलियन जीडीपी उत्पादन गर्दा क्यानडाको १.७३ मात्रै छ । त्यस्तै न्यूयोर्कको जीडीपी १.७० ट्रिलियन हुँदा दक्षिण कोरियाको जीडीपी १.६६ ट्रिलियन रहेको छ । 

अमेरिकाको सबैभन्दा सानो ारज्य वायोमिङको जनसंख्या ६ लाख छ । जबकि उसको डीडीपी ४१ बिलियन डलर रहेको छ । जुन ९० लाख जनसंख्या भएको जोर्डनको जत्ति नै छ । 

मिचिगन विश्वविद्यालयका अर्थशास्त्री प्राध्यापक मार्क जे पेरी र अमेरिकी इन्टरप्राइज इन्स्टिच्युटका एक विद्धानले अमेरिकी ब्यापार विभाग र अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्याङ्क प्रयोग गरी अमेरिकी राज्यहरुको जीडीपी सम्पूर्ण देशहरुसँग तुलना गरेका थिए । 

पेरीले अमेरिकी कार्यबलको विश्वस्तरीय उत्पादकता प्रमाण भएको बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ