arrow

शोधभर्ना स्वरुप ३० करोड यूरो

logo
सिन्ह्वा,
प्रकाशित २०७९ चैत १४ मंगलबार
poland2.jpg

वार्सा । यूरोपेली सङ्घ (ईयू)को हतियार कोषबाट पोल्याण्डले तीस करोड यूरो प्राप्त गर्ने भएको छ । 

युक्रेनलाई सैन्य उपकरण उपलव्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो । 

सङ्घको हतियार कोषबाट देशलाई तीस करोड यूरो क्षतिपूर्तिस्वरुप प्राप्त हुने पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

पोल्याण्डले युक्रेनलाई सोभियत युगका टी-७२ ट्याङ्कका साथै गोलाबारुद स्वचालित रूपमा भर्ने उपकरण प्रदान गरेको छ । 

हालै वार्साले किएभलाई चार वटा मिग-२९ लडाकु विमान पनि हस्तान्तरण गर्ने निर्णय गरेको छ । 

हालसम्म सङ्घमा आवद्ध कुनै पनि मुलुकले यति ठूलो परिमाणमा हातहतियार र उपकरण युक्रेनलाई उपलव्ध गराएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ