arrow

जर्मनीले युक्रेनलाई दियो १८ वटा लियोपार्ड-२

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
leopard-tank-germany-ukraine.jpg

जर्मनी । जर्मनीले युक्रेनलाई लियोपार्ड-२ ट्याङ्क प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड-२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ । 

युक्रेनी टोलीलाई लियोपार्ड-२ ट्याङ्क प्रयोग र  सञ्चालनको प्रशिक्षण दिएपछि पहिलो खेपमा १८ वटा अत्याधुनिक युद्ध ट्याङ्क पठाइएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन् । गत जनवरीमा जर्मनीले युक्रेनलाई लियोपार्ड-२ ट्याङ्क प्रदान गर्ने आश्वासन दिएको थियो ।

“हाम्रा युक्रेनी साथीहरूले ट्याङ्क प्राप्त गुर्नभएको छ , लामो समयसम्म हाम्रो सेनाले युक्रेनी पक्षलाई ट्याङ्क प्रयोग र सञ्चालनको प्रशिक्षण दिएको थियो,” रक्षामन्त्री पिस्टोयिसले भनेका छन् । 

किएभबाट प्राप्त समाचारअनुसार बेलायतले प्रदान गरेका च्यालेञ्जर-२ ट्याङ्क पनि युक्रेन पुगेका छन् । 

गत वर्ष रुसले आफूमाथि आक्रमण गरेपछि युक्रेनले आफ्ना समर्थक मुलुकसँग थप आधुनिक सवारी साधन र हतियार माग गर्दै आएको थियो । 

बेलायतबाट आफूलाई लियोपार्ड-२ प्राप्त भएको सम्बन्धमा किएभले कुनै जानकारी नदिए पनि च्यालेञ्जर-२ ट्याङ्क प्राप्त गरेको पुष्टि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ