arrow

प्रचण्ड र माधवबीच कुरा नमिल्दा गठबन्धनको बैठक फेरि निष्कर्षविहीन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
10parties-meeting-2079-12-15a.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादी एस र माओवादीबीच कुराकानी नमिल्दा सत्तारुढ गठबन्धन दलहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरुको बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गृह, अर्थ र भौतिकमध्ये र थप दुई मन्त्रालयमा अडान कायम राखेपछि बैठक बिना निस्कर्ष टुंगिएको हो । 

आजै मन्त्रिपरिषद विस्तार टुंगो लगाउने गरी छलफमा बसेका नेताहरु दिउँसो ३ बजे बस्ने गरी उठेका छन् । बैठकमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत शीर्ष नेता निस्किए पनि त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच बेग्लै कुराकानी भैरहेको छ । 

मंगलबार कांग्रेसले ९ मन्त्रालय, जसपा र नेकपा एसले ३–३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन भएर टुंगिएको थियो । 

बुधबार बिहान पनि एसका अध्यक्ष नेपालले ३ मन्त्रालयको अडान नछाडेपछि प्रधानमन्त्री प्रचण्डले मनाउने कोसिस गरिरहेका छन् । सभामुख, उपसभामुख, राष्ट्रपति उपराष्ट्रपति लगायतका सबै पद छाडेकाले पनि आफूलाई तीन मन्त्रालय आवश्यक रहेको भन्दै एसका अध्यक्षले पुरानो अडान कायम राखेका हुन् । 

सोमबारदेखि प्रचण्ड, देउवा र माधव नेपालबीच मन्त्रालय भागवण्डाको विषयमा निरन्तर कुराकानी भए पनि सहमति बन्न सकेको छैन । 

प्रधानमन्त्री प्रचण्डले १० गतेभित्र मन्त्रिपरिषद विस्तार हुन्छ भने पनि आजसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । 

प्रधानमन्त्री एक्लैले १६ वटा मन्त्रालयको जिम्मेवारी लिएर मन्त्रालयबाट गरिने महत्वपूर्ण निर्णयहरु आफ्नो सचिवालयबाट गराउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ