arrow

बेदुरामको नेतृत्वमा सरकारमा जाँदै नेकपा एस, अहिले दुई मन्त्रालयमै चित्त बुझाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
beduram_bhushal.JPG
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बुधबार बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा छलफल गरिएको र उपाध्यक्ष भुसालको  नेतृत्वमा सरकारमा जाने निर्णय भएको जानकारी दिए । 

उनका अनुसार पार्टीले तीन मन्त्रालयको दाबी गरेकाले अर्को मन्त्रालयका लागि पनि पहल गर्नेछ ।  

यसअघि पार्टीले सरकारमा पठाउने नेताको नाम छनोट गर्न गठित कार्यदलले सम्पूर्ण कार्य सम्पन्न गरेपछि अन्तिम प्रस्ताव सचिवालयको बैठकमा पेश गरिएको थियो । 

पार्टी अध्यक्ष नेपालले सरकारमा पार्टीको संलग्नताका विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने जनाइएको छ ।  

यसअघि महासचिव रहेका भुसालको उपाध्यक्षमा पदोन्नति गरेर सरकारमा पठाउने रणनीति अपनाइएको थियो । तर पार्टीमा उपाध्यक्षभन्दा महासचिव पद शक्तिशाली हुने भएकाले उक्त पद घनश्याम भुसाललाई दिएर बेदुरामलाई एसका तर्फबाट सरकारमा पठाउने निर्णय भएको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ