arrow

भागबण्डा मिल्योः कुन दललाई कति मन्त्रालय ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
10parties-meeting-gathabandhan-2079-12-14.jpg
तस्बिर – फाइल ।

काठमाडौं । लामो समयको रस्साकस्सीसँगै सरकार विस्तारका लागि दश दलीय गठबन्धनमा सहमति जुटेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो ।

भागबण्डाअनुसार नेपाली कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्रलाई ५ मन्बालय तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टि जसपालाई समान २–२ मन्त्रालय दिने सहमति भएको छ । 

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, नागरिक उन्मुक्ति, आमजनता पार्टी, जनमत र नेसपालाई समान १–१ मन्त्रालय भागमा परेको छ । 

योअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी भने हाललाई सरकार बाहिरै रहने भएको छ । उसले कुनै भाग पाएको छैन । 

कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन । बिहीबार नै मन्त्रिपरिषद्‍ विस्तार गरी मन्त्रीहरूलाई शपथग्रहण पनि गराउने तयारी भएको जनाइएको छ । 

मन्बालयको टुङ्गो नलागे पनि त्यसको अधिकार भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई दिन आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ