arrow

इन्धनको मूल्य घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
petrol.JPG

श्रीलंका । श्रीलंकाको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले आज मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताएका छन् । 

मन्त्री विजेसेकराका अनुसार आज मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर रु ६०, डिजेलमा रु ८० र मट्टितेलमा रु १० कायम हुनेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल रु ३४०, डिजेल रु ३२५ र मट्टितेल रु २९५ मा पाउने छन् । 

अन्तरराष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएका छन् । 

साथै अमेरिकी डलरको  तुलनामा श्रीलंकाली रुपैयाँ पनि सुदृढ भएको छ । गत वर्ष देशमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ