arrow

रूसले सुरक्षा परिषद्‌को अध्यक्षता गर्ने, पश्चिमा आक्रामक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
un-security-council.jpg

रूस ।  रूसले आफ्ना विदेशमन्त्रीले अप्रिलमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने जनाएको छ ।

रूसले युक्रेन आक्रमणको शुरुवातदेखि नै रूसलाई बहिष्कृत गर्दै आएको ‘सामूहिक पश्चिमा’ ले संयुक्त राष्ट्रसङ्घमा यसको सामना गर्नुपरेको बारम्बार बताउँदै आएको छ ।

युक्रेनले गत वर्षको फेब्रुअरीमा शुरु भएको सैन्य कारबाहीलाई लिएर रूसलाई सुरक्षा परिषद्बाट हटाउन माग गरेको थियो ।

रूसले पछिल्लो पटक सन् २०२२ को फेब्रअरीमा परिषद्को अध्यक्षता गरेको थियो ।

“रूसी अध्यक्षतामा हुने सुरक्षा परिषद्को महत्वपूर्ण कार्यक्रममा ‘संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तहरूको रक्षामार्फत् प्रभावकारी बहुपक्षीयता’ माथि उच्चस्तरीय खुला बहस हुनेछ,” मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले पत्रकारसँगको नियमित जानकारीमा भने । 

“यो बैठकको अध्यक्षता रूसका विदेशमन्त्री सर्गेइ लाभरोभले गर्नुहुनेछ,” उनले भने । 

जाखारोभाले लाभरोभले अप्रिल २५ मा मध्यपूर्वको अवस्थाबारे बहसको नेतृत्व गर्ने योजना बनाएको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ