arrow

कांग्रेसबाट चार जनाले मात्र शपथ लिने, मन्त्रिपरिषद् अझै अपूरो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
congress-ministers-prachanda.jpg

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट चार जनाले मात्र आज मन्त्रीको शपथ लिने भएका छन् । कांग्रेसले आठ जनाको कोटा पाएको भए पनि चार जनाले मात्रै शपथ लिन लागेका हुन् । 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाँदैछ । खड्कासँगै डा. प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङले शपथ लिने भएका हुन् । 

खड्काले उपप्रधानसँगै रक्षा, प्रवक्ता महतले अर्थ, रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति र गुरुङले शहरी विकास मन्त्रीको शपथ लिने भएकी छिन् । 

कांग्रेसले आठ मन्त्रालय पाएको भए पनि आजै मन्त्रिपरिषद् पूर्ण हुने छैन । बाँकी चार जनाको शपथ पछि हुनेछ । 

संस्थापन इतर पक्षले कम्तीमा तीन जना मन्त्री हुन पाउनु पर्छ भनेसँगै पार्टी सभापति शेरबहादुर देउवाले अहिलेलाई चार जनाको मात्र नाम पठाएका हुन् । 

देउवाले डा. शेखर कोइराला पक्षलाई दुई मन्त्रालयमात्र दिन खोजेपछि यो पक्षले सम्मानजनक सहभागीता नभएसम्म सरकारमा नजाने निर्णय गरेको हो । 

योसँगै देउवाले आफ्नो पक्षका मन्त्री बन्ने दुई जनाको नामसमेत अहिले पठाउन सकेनन् । 

भनिन्छ मन्त्रीका लागि लालायित नभएका भए पनि खड्कालाई महामन्त्री गगनकुमार थापाले नै जोड गरेर मन्त्री बन्न लगाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ