arrow

गोली चल्दा तीन जनाको घटनास्थलमै मृत्यु

logo
एपी,
प्रकाशित २०७९ चैत १९ आइतबार
gun-fire1.jpg

ह्युस्टन । संयुक्त राज्य अमेरिकाको मध्यपश्चिमी राज्य ओक्लाहोमास्थित एक मधुशालामा शनिबार राति भएको गोलीकाण्डमा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । 

शनिबार राति ९ बजेतिर ह्वीस्की ब्यारेलमा गोली चल्दा उक्त हताहति भएको जानकारी दिँदै ओक्लाहोमा प्रहरी विभागले गोली चलाएको आरोपमा एक जनालाई पक्राउ गरिएको बताएको छ । 

घटनाको छानबिन भइरहेको छ भने यो समाचार तयार पार्दासम्म थप विवरण प्राप्त भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ