arrow

पहिचानवादीहरुको आन्दोलनलाई जसपाको समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
JasAPA.png
तस्बिर – फाइल ।

काठमाडौं । पहिचानवादीहरुको आन्दोलन चर्किदै गएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशको नामकरण परिवर्तन हुनु पर्ने जनाएको छ ।

अध्यक्ष यादवले जारी गरेको आन्तरिक सर्कुलर अनुसार तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ नै कायम हुनुपर्ने र प्रदेशसभाले पहिचान अनुसारको नाम परिवर्तन गरेमा मात्र उक्त परिवर्तित नयाँ नामकरणलाई समर्थन गरिनेछ । 

प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने आन्दोलनको मागलाई यथोचित रुपमा सम्बोधन गर्न गराउन सरकारसँग जोडदार माग गरिएको पनि सो परिपत्रमा उल्लेख छ ।

गत चैत १ गते  प्रदेश १ को नाम कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्च्याउन भएको आन्दोलनको समर्थनसमेत गरेको जनाइएको छ । 

कोशी नामकरण गरेपछि  पछिल्ला दिनमा विराटनगर लगायतमा दिनहुँ आन्दोलन भइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ