arrow

जानकी मन्दिरमा जारी इस्लामिक अतिक्रमणविरुद्ध प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
janakimandir-jihadi-.jpg

काठमाडौं । राष्ट्रिय एकता अभियानले जानकी मन्दिरमाथि जारी इस्लामिक अतिक्रमणविरुद्ध प्रदर्शन गरेको छ । अभियानको केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा ललितपुरस्थित दमकल चौकदेखि रैली निकली मुस्लिम आयोगको अगाडि पुगेर प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा अभियानका अभियन्ताहरुले जानकी मन्दिरसँगैको जामे मस्जिद भत्काउ, मुस्लिम आयोग खारेज गर, इस्लामिक अतिक्रमण बन्द गर, जानकी मन्दिर घेर्ने मुस्लिम बस्ती हटाउ, जिहादी आतंकवाद मुर्दावाद र हिन्दू एकता जिन्दावाद, समीम मियालाई कार्यवाही गर, नेपाललाई तालिवान बनाउन पाइँदैन भन्दै नारा लगाएका थिए ।

कोण सभामा परिणत भएको प्रदर्शनमा अध्यक्ष यादवले पछिल्लो समय नेपालमा जिहादी गतिविधि बढेको बताए । उनले भने, ‘हिन्दूहरुमाथि मुस्लिमहरुले ज्यादती गरिरहेका छन्, तीन दिनअघि राम नवमीको अवसरमा जनकपुरमा निकालिएको शोभा यात्रामा मुस्लिमहरुले ढुंगामुढा गरेका थिए, जसले प्रष्ट हुन्छ की नेपालमा जिहादी गतिविधि बढेको छ।’

सोही क्रममा उनले मुस्लिम आयोगले उक्त विषयलाई लिएर झुठो प्रेस विज्ञप्ति निकालेको बताए । उनले भने, ‘मुस्लिम आयोगले मुस्लिम समुदायको बचाउमा प्रेस विज्ञप्ति निकालेको हो, यसले समाजिक सदभावमा असर पुर्‍याएको छ।’

प्रदर्शनमा राष्ट्रिय विद्यार्थी परिषदका महासचिव पप्पु यादव, अभियानकी सदस्य मिना देवी, दिवस पटेल लयायत सयौँको संख्यमा अभियन्ताहरु सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ