arrow

गगन–विश्वप्रकाश उम्मेदवारी दर्ता गर्न मैदानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
gagan-vishwaprakash-2079-12-20.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सोमबार  हुने उपनिर्वाचनको उम्मेदवारी दर्ताका समयमा पार्टीका उम्मेदवारसँग सँगै हुने भएका छन् । 

महामन्त्री थापा तनहुँ १ मा हुनेछन् भने अर्का महामन्त्री शर्मा चितवन २ मा हुने उम्मेदवारी दर्ताका समयमा हुनेछन् । 

तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराईले उम्मेदवारी दिनेछन् भने चितवन २ मा जितनारायण श्रेष्ठले उम्मेदवारी दिनेछन् । 

कांग्रेसले बारा २ मा भने जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ । 

मंसिर ४ मा भएको निर्वाचनमा चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका भए पनि उनी नागरिकता विवादमा दोषी पाइएपछि सांसद पद गुमेको थियो । 

चितवनमा पुनः रविले नै रास्वपाबाट उम्मेदवारी दिँदैछन् भने नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठले उम्मेदवारी दिँदैछन् । श्रेष्ठ स्थानीय नेतासमेत हुन् । यसअघि पूर्वराज्यमन्त्री एवं केन्द्रीय सदस्य उमेश श्रेष्ठले चुनाव लडेका थिए । उमेशसमेत सोमबार चितवन जाने बताएका छन् । चितवनमा विश्वप्रकाश शर्माले जितनारायणको जितलाई निश्चित पार्न जानेछन् । 

त्यस्तै तनहुँ १ मा मंसिर ४ को निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेल विजयी भएका थिए । पौडेल राष्ट्रपति भएसँगै उपनिर्वाचन हुन लागेको हो । 

त्यहाँ नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष गोविन्द भट्टराई चुनावी मैदानमा हुनेछन् । उनलाई सघाउन उम्मेदवारी मनोनयनका समयमा गगन थापा हुनेछन् । 

गगनले स्थानीय तहको निर्वाचन तथा विश्वप्रकाशले प्रतिनिधि सभा र प्रदेश सभाको कांग्रेसको चुनावी घोषणापत्र तयार गरेका थिए । 

उपनिर्वाचनमा भने दुवै चुनावी क्षेत्रमा खटिने भएका छन् । 

बारा २ मा भने जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपनिर्वाचन गर्नुपरेको हो । त्यहाँ जसपाकै अध्यक्ष उपेन्द्र यादव खडा भएका छन् । 

गगन र विश्वप्रकाश सोमबार दिउँसो १ बजे उम्मेदवारसहित उम्मेदवारी दर्ता गर्न जानेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ