- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मानहानि मामिलामा दोषी ठहर भएका भारतीय कंग्रेसका नेता राहुल गान्धी अदालत जाने भएका छन् । गान्धीलाई मानहानि मुद्दामा सुरत अदालतले दुई वर्षको सजाय सुनाएको थियो । उक्त सजायको विरुद्ध अपिल गर्न राहुल आज अदालत जाने भएका हुन् ।
सन् २०१९ मा कर्नाटकको एक सभामा मोदी थरलाई लिएर बयान दिएका थिए । उनले त्यहाँ ‘सबै चोरको थर मोदी किन हुन्छ ?’ भनी प्रश्न गरेका थिए । यसपछि सुरत पश्चिमका भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले राहुलविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए । सोही मामलामा सुरत अदालतले राहुललाई दोषी ठहर गरेको थियो । उनलाई दुई वर्षको जेल सजाय सुनाएको थियो।
सजाय सुनाइएपछि उनी लोकसभा सांसदका लागि अयोग्य घोषित भएका थिए । अदालतको यो निर्णयलाई चुनौती दिन राहुल आज गुजरात अदालतमा जाँदै छन् । उनले अदालतको आदेश खारेजीको गर्न माग गर्दै अदालतमा निवेदन दिनेछन् ।