पूर्ण भन्छन् –उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्ण विराम लगाउनुपर्छ
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
1k
Shares
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्ण विराम लगाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले उक्त टिप्पणी गरेका हुन् ।
राजनीतिको नाममा सस्तो लोकप्रियतामा आत्मरती गर्ने र जनतालाई भ्रमित पार्ने काम भइरहेको भन्दै उनले यिनीहरुले आन्दोलनका महत्वपूर्ण उपलब्धिहरुमाथि हिलो छ्याप्ने काम गरिरहेको दाबी गरेका छन् ।
राजनीतिमा अराजनीतिक तत्वको प्रवेशले लोकतन्त्र, समानुपातिक समावेशीता, गणतन्त्र, संघीयता नीरिह हुन थालेको छ । बाह्रय हस्तक्षेप र प्रभाव बढाउने काम भएको छ । उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्ण विराम लगाउनुपर्छ,’ बस्नेतले भनेका छन् ।