arrow

पूर्ण भन्छन् –उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्ण विराम लगाउनुपर्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
purna-basnet-jasapa.jpg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्ण विराम लगाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले उक्त टिप्पणी गरेका हुन् ।

राजनीतिको नाममा सस्तो लोकप्रियतामा आत्मरती गर्ने र जनतालाई भ्रमित पार्ने काम भइरहेको भन्दै उनले यिनीहरुले आन्दोलनका महत्वपूर्ण उपलब्धिहरुमाथि हिलो छ्याप्ने काम गरिरहेको दाबी गरेका छन् ।

राजनीतिमा अराजनीतिक तत्वको प्रवेशले लोकतन्त्र, समानुपातिक समावेशीता, गणतन्त्र, संघीयता नीरिह हुन थालेको छ । बाह्रय हस्तक्षेप र प्रभाव बढाउने काम भएको छ । उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्ण विराम लगाउनुपर्छ,’ बस्नेतले भनेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ