arrow

गगनले यसो भने स्वर्णिमलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
gagan-tanahu-2079-12-20.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थविद् डा. स्वर्णिम वाग्ले कांग्रेस हुनै नसक्ने आरोप लगाएका छन् । सोमबार कांग्रेस नेता गोविन्द भट्टराईको उमेदवारी दर्ता कार्यक्रममा सहभागी हुन तनहुँ क्षेत्र नम्बर–१ मा पुगेका थापाले स्वर्णिमले पार्टीलाई लात हानेर गएको आरोप लगाए । 

उनले तनहुँवासीले एउटा परिस्थितिले भएको निर्वाचन भएकाले अब पाँच वर्ष जिम्मा दिएर कांग्रेसलाई जिताउनु पर्छ भनेका छन् । उनले भट्टराईलाई जिताउन आग्रह गर्दै गठबन्धनका साझा उम्मेदवार भएकाले साझा उम्मेदवारलाई जिताएर यसअघिकै निरन्तरता दिनुपर्नेमा जोड दिए । 

स्वर्णिम केही दिनअघि मात्रै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेर तनहुँ १ बाट चुनाव लड्दै छन् । गगनले विपक्षी दलको उम्मेदवार भएका स्वर्णिमलाई पार्टीभित्र संघर्ष गरेर बस्न तयार नहुनेहरू कांग्रेस हुन नसक्ने बताए ।

उनले कांग्रेसलाई लात हानेर बाहिरबाट ‘कांग्रेस खराब छ’ भन्दैमा लोकतन्त्र सुदृढ नहुनेसमेत बताएका छन् । 

स्वर्णिमतर्फ संकेत गर्दै उनले प्रश्न गर्दै भने, ‘हामी पनि एउटा सपना लिएर राजनीतिमा आएका छौँ । हामीलाई पनि पार्टी बदल्ने चाहना छ, नेपाली कांग्रेस । कांग्रेसभित्र जे भइरहेको छ, त्यो सबै त ठिक भइरहेको छैन । तर, नेपाली कांग्रेसलाई लात हानेर गएर बाहिरबाट कांग्रेस खराब भनेर ढुंगा हानेर, झ्याल फुटाएर कांग्रेस बदलिन्छ ?”

कांग्रेस बदल्न भित्र बसेर संघर्ष गर्नुपर्ने भन्दै थापाले त्यो संघर्षमा आफूहरू रहेको बताएका छन् । 

महामन्त्री थापाले आफू भट्टराईको कार्यकर्ता भएको भन्दै उनको उम्मेदवारी नै न्यायको उदाहरण भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ