arrow

नेपाल र भियतनाम साँझ ६ बजे दशरथ रङ्गशालामा भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
IMG_0894.jpg

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को एसियाली छनोट फुटबल अन्तर्गत पहिलो चरणको खेलमा नेपालले आज भियतनामको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगितामा नेपाल विजयी लक्ष्य हासिल गर्ने उद्धेश्यका साथ मैदानमा उत्रनेछ । खेल साँझ ६ बजे शुरु हुनेछ । 

ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह सी परेको छ । नेपालको समूहमा भियतनाम छ । यस समूहमा रहेको अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्र प्रतिस्पर्धा गर्न लागेका हुन् । यस छनोट खेलको विजेता ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले उक्त प्रतियोगितामा आफ्नो टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे। उनले फिफा वरीयताले खेलमा खासै असर नगर्ने बताउँदै आफ्नो टोलीले उत्कृष्ट खेल खेल्ने विश्वास व्यक्त गरे। फिफा वरीयतामा नेपाल भन्दा भियतनाम माथिल्लो स्थानमा छ ।

प्रशिक्षक थापाले भियतनाम बलियो विपक्षी टोली भए तापनि आफ्नो टोलीले विगत एक महिनादेखि विशेष तयारी गरिरहेकाले नतिजा आफ्नो पक्षमा पार्ने बताए ।

यही प्रतियोगिताको तयारीका लागि नेपालले गत फागुन ३ र ६ गते भारतमा भएको भारतीय टोलीसँग मैत्रिपूर्ण खेल खेलको थियो । त्यतिबेला नेपालले भारतसँग पहिलो खेल गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेल २–२ गोलको बराबरी खेलेको थियो ।

यसैगरी नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बलियो टोलीसँग खेल्न आफूहरु तयार रहेको भन्दै वरियताले असर नगर्ने भनाई व्यक्त गरिन् ।

दोस्रो खेल शनिबार हुनेछ । विजेता दोस्रो चरणमा पुग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ