arrow

'नेटो विस्तारको ढोका बन्द गर्न पुटिन असफल'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
neto-chief.jpg

काठमाडौं ।  उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले   फिनल्यान्डले मङ्गलबार सैन्य गठबन्धनमा सामेल हुनुले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोको विस्तार रोक्न असफल भएको देखाएको बताएका छन्।

"राष्ट्रपति पुटिन नेटो विस्तारको ढोका बन्द गर्न चाहन्थे। आज हामी विश्वलाई देखाउँछौं कि उनी यस कार्यमा असफल भएका छन् ।  आक्रामकता र धम्कीले मात्र काम गर्दैन," स्टोल्टेनबर्गले थप टिप्पणी गरेका छन् ।

स्टोल्टेनबर्गले युक्रेनका लागि बहुवर्षीय सहयोग कार्यक्रमबारे छलफल  बताएका छन् ।  इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले जनाएअनुसार सो विषय यही अप्रिल ४ र ५ गते हुन गइरहेको नेटो विदेश मन्त्रीहरूको बैठकको कार्यसूची हुने छ ।

"मलाई आशा छ- नेटो विदेशमन्त्रीहरूले युक्रेनको सहयोगका निम्ति बहु-वर्षीय कार्यक्रममा सहमत हुनेछन्," स्टोल्टेनबर्गले ब्रुमा पत्रकार सम्मेलनमा भनेका छन्।

रुससँगको द्वन्द्वमा युक्रेनलाई सहयोग प्रदान गर्नुका साथै यो कार्यक्रम युक्रेन र नेटोबीचको सम्बन्धको विकासको दीर्घकालीन परिप्रेक्ष्यका निम्ति पनि महत्त्वपूर्ण स्टोल्टेनबर्गको धारणा छ ।

सो बैठकमा नेटो देशका विदेश मन्त्रीहरूले युक्रेनको सशस्त्र बललाई समर्थन गर्ने उपायहरुमा पनि थप छलफल गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ