arrow

किस्ता नतिरेको भन्दै एनआईसी एसियाले खटायो घरमै गार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
nic-asia-gurd-jhapa.JPG

झापा ।  झापाको दमकका एक ग्राहकले किस्ता रकम नबुझाएको भन्दै घरमै सुरक्षा गार्ड खटाइएको छ । दमक नगरपालिका ५ का दुर्गाप्रसाद कँडेलको घरमा एनआइसी एसिया बैङ्कले सुरक्षा गार्ड खटाएको हो  । 

बैङ्कले हाल कँडेलको घरमा दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म घरको दैलोमा सुरक्षाकर्मी राख्ने गरेको छ । आफुले व्यवसायमा समस्या आएकोले ३ महिना अगाडिदेखि बैङ्कमा साँवा ब्याज हाल्न नपाएको घरधनी कँडेलले बताए ।

४ दिन पहिले बैङ्कले जति हुन्छ त्यति रकम लिएर आउनु भनेकोमा आफूसँग भएको १० हजार रुपैयाँ लगेर भौचर हालेकोमा सहिदिनदेखि बैङ्कले आफ्नो धितोको सुरक्षा गर्न भन्दै एक जना नियमित रूपमा सुरक्षा गार्ड राखिदिने गरेको घरधनी कँडेलले बताएका छन् । 

बैङ्कमा आफ्नो १ करोड रुपैयाँ ऋण लिएकोमा अब साँवा ब्याज गरेर ९७ लाख रुपैयाँ तिर्न बाकी रहेको छ । घरमा पाहुनाहरू आउँदा सुरक्षा गार्डले सलाम हान्ने गरेको बताउँदै आफ्नो समाज र आफन्तजनमा बेइज्जती भएको  कँडेलकी श्रीमती चन्द्रकला कँडेलले बताइन । 

बैङ्कले समयमा साँवा ब्याज नतिर्दा चिठ्ठी काट्ने, सूचना टाँस्ने र लिलामीको प्रक्रिया गर्नुपर्नेमा घरमै सुरक्षाकर्मी पठाएर आफूहरूलाई बन्धक बनाउँदा स्वतन्त्रपुर्वक बाच्न पाउने हकबाट वञ्चित गराएको कँडेल परिवारको गुनासो रहेको छ । यसरी कुनै पनि बैङ्कले ऋणीको घरमा सुरक्षा गार्ड राख्नु केन्द्रीय बैङ्कको नीति विपरीत रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ