arrow

अमेरिका नर्कतिर जाँदै गरेको ट्रम्पको दाबी 

जरिवानामा छुटे ट्रम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
trump-corona.jpg

काठमाडौं । संयुक्त  राज्य अमेरिका नर्कतर्फ जाँदै गरेको पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । म्यानहट्टन अदालतबाट जरिवानामा छुटेपछि ट्रम्पले यस्तो धारणा राखेका हुन् । अदालतले जरिवाना लगाएपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका ट्रम्पले भने ‘हाम्रो देश नर्कमा जाँदै छ ।’ 

अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका अग्रपङ्क्तिमा रहेका ट्रम्पलाई म्यानहट्टन अदालतमा उपस्थित हुनुअघि मंगलबार पक्राउ गरिएको थियो । उनलाई १ लाख २२ हजार डलर जरिवानासहित छोडिएको छ ।

ट्रम्पले फ्लोरिडास्थित आफ्नो घरबाट आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै भने, ‘मैले कहिल्यै सोचेको थिइनँ कि अमेरिकामा यस्तो हुन सक्छ। मैले निडर भएर देशको रक्षा गर्नु नै अपराध हो।' 

डोनाल्ड ट्रम्पले न्यूयोर्कका अभियोजक एल्भिन ब्रागमाथि पनि आपराधिक आरोप लगाएका छन्।  ट्रम्पमाथि ३४ वटा आरोप लगाइएको छ । उनले यी सुबै आरोप अस्वीकार गरेका छन् । अदालतले ट्रम्पलाई डिसेम्बर ४ मा अर्को व्यक्तिगत सुनुवाइका लागि बोलाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ