arrow

रोनाल्डो चम्किएको खेलमा नासरको शानदार जित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
ronaldo-al-nasar-2023.jpg

काठमाडौं । क्रिष्टियानो रोनाल्डो चम्किएको खेलमा साउदी प्रिमियर लिगमा अल नासरले अल एडालाहमाथि शानदार जित हासिल गरेको छ । नासरले घरेलु टोली अल एडालाहमाथि ५–० को फराकिलो जित हासिल गरेको हो । 

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियमा मंगलबार राति भएको खेलको ४०औं मिनेटमा रोनाल्डोले पेनाल्टी सुट आउटबाट गोल गर्दै अल नासरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

दोस्रो हाफको ५५औं मिनेटमा एन्डरसन टालिस्काले, ६६औं मिनेटमा रोनाल्डो व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोलीलाई सहज जिततर्फ अघि बढाए । 

७८औं मिनेटमा टालिस्काले र इन्जुरी समयमा एमन अहमदले गोल गर्दै अल नासरलाई ५–० फराकिलो अन्तरको जित दिलाए । 

यस जितसँगै अल नासर २२ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा  छ । पोर्चुगिच स्टार रोनाल्डो यसै सिजन युरोपेली फुटबल छाडेर एसियातिर हानिएका हुन् । 

अंक तालिका 
साउदी प्रोफेसनल लिगमा २२ औं चरणका खेलहरु जारी रहेका छन् । जसमा अल इत्तेहादको ५३ अंक रहेको छ । समान खेलबाट अल नासरको ५२ अंक छ । 

एक खेल कम खेलेको अल हिलालको ४५ अंक छ । त्यस्तै चौथो स्थानको अल शबाबको २१ खेलबाट ४४ अंक छ । 

१६ टिम सहभागी लिगमा अल खालिज र अल बाटिन रेलिगेशन क्षेत्रमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ