arrow

भोलिसम्ममा सरकारले पूर्णता पाउने प्रचण्डको दाबी

को जाला त कांग्रेसबाट ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
prachanda-2079-12-18.jpeg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्ममा सरकारले पूर्णता पाउने बताएका छन् । बुधबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आज वा भोलिमा सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका हुन् । 

प्रधानमन्त्रीले कठिन परिस्थितिमा सरकारको नेतृत्व गरिरहेको बताएका छन् ।  प्रधानमन्त्रीले भने, ‘‘कठिन परिस्थितिमा सरकारको नेतृत्व गरिरहेको छु । चुनौती नै चुनौतीका बीचसमेत देशका लागि केही गर्न सकिन्छ भन्ने दृढतासहित सरकारको नेतृत्व गरिरहेको छु । यसलाई मैले चुनौतीपूर्ण अवसर भनेको छु ।”

साँढे तीन महिना हुँदा समेत प्रधानमन्त्रीले मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।  अब छ मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ ।  भागबण्डामा ८ मन्त्रालय पाए पनि नेपाली कांग्रेसले ४ वटा मन्त्रालयमा मात्र मन्त्री पठाउन सकेको छ । कांग्रेसभित्र संस्थापन इतरले कम्तीमा ३ वटा मन्त्रालय खोजेको छ । सम्मानजनक निर्णय नभएसम्म इतर समूह सरकारमा जाने मन्त्रीको नाम नपठाउने निर्णय गरेको छ ।   

यता जसपाले १ मन्त्रीको टुङ्गो लगाएको छैन भने  जनमत पार्टीले पनि मन्त्री पठाएको छैन । यसअघि जनमतबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले उद्योग मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए । उद्योग कांग्रेसको भागमा परेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ