arrow

प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
united-nations-next-secretary-general.jpeg

अफगान । अफगान तालिबानले संयुक्त राष्ट्रसङ्घका महिला कर्मचारीलाई आफ्नो देशमा काम गर्न प्रतिबन्ध लगाएपछि संयुक्त राष्ट्रसङ्घले स्पष्टिकरण खोजिरहेको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन् । 

मङ्गलबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भने, “अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन युएनएएमएमा रहेका हाम्रा सहकर्मी (महिला कर्मचारी) लाई काम गर्न प्रतिबन्ध लगाउने आदेश प्राप्त भएको छ ।”

उनले भने, “संयुक्त राष्ट्रसङ्घले अझै पनि यो घटनाक्रमले अफगानिस्तानमा आफ्नो अभियानलाई कसरी प्रभाव पार्छ भनेर हेरिरहेको छ र बुधबार काबुलमा तालिबानसँग थप बैठकहरू हुने अपेक्षा गरेको छ, जसमा हामी केही स्पष्टता खोज्ने प्रयास गरिरहेका छौं ।”  

“महासचिवका लागि यस्तो प्रतिबन्ध अस्वीकार्य र अकल्पनीय हुनेछ,” दुजारिकले पत्रकारहरूसँग भने । 

“सहायता संस्थाहरूको सबैभन्दा बढी खाँचोमा परेका व्यक्तिहरूसम्म पुग्न सक्ने क्षमतालाई कमजोर पार्ने यो पछिल्लो प्रवृत्ति हो,” उनले भने ।

“यो भन्नै नसकिने कुरा हो, तर दुर्भाग्यवश, यो भन्न आवश्यक छ कि संयुक्त राष्ट्रसङ्घका लागि महिला कर्मचारीहरू जीवन रक्षक सहायता प्रदान गर्न आवश्यक छन्, उनले थप्नुभयो ।

 यस्ता आदेशले महिलाको मौलिक अधिकारको हनन गर्नुका साथै भेदभावरहित सिद्धान्तको उल्लङ्घन हुने प्रवक्ताको भनाइ छ ।  

उनले अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरूबारे जानकारी दिँदै भने, “अफगानिस्तानमा करिब तीन हजार ९०० राष्ट्रसङ्घीय निकायका कर्मचारी छन्, जसमध्ये करिब तीन हजार ३०० जना अफगान पुरूष छन् भने करिब ४०० अफगान महिला र २०० अन्य मुलुकबाट अफगानिस्तानमा पुगी सेवा गरिरहेका महिला छन् । 

 दुजारिकका अनुसार अफगानिस्तानको करिब चार करोड जनसङ्ख्यामध्ये संयुक्त राष्ट्रसङ्घले दुई करोड ३० लाख पुरुष, महिला र बालबालिकालाई मानवीय सहायता उपलब्ध गराउने प्रयास गरिरहेको छ ।   

अफगानिस्तानको समाज र संस्कृतिलाई ध्यानमा राख्दै विश्व निकायलाई महिलाहरूलाई सहयोग पुर्‍याउन महिलाहरूको आवश्यकता रहेको उनले बताए । 
“त्यसैले, हामी सबैको नजिकको सम्पर्कमा छौं र वास्तविक अधिकारीहरूलाई थप अनुसन्धानमा संलग्न गर्दैछौं ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ