arrow

कामचलाउ बनिन् सन्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
youngest-pm-sanna-marin.jpg

फिनल्याण्ड ।  फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले सोसल डेमोक्र्याटिक पार्टीको अध्यक्षपदबाट राजीनामा दिने घोषणा गरेकी छन् । 

उनले पार्टी प्रमुखको जिम्मेवारीबाट राजिनामाको घोषणा गरेपनि आगामी सेप्टेम्बरमा हुने पार्टीको अधिवेशनबाट अर्को अध्यक्षको चयन नहुँदासम्म उक्त जिम्मेवारीमा रहने बताएकी छन् । 

आइतबार सम्पन्न संसदीय निर्वाचनमा उनको दल कन्जरभेटिभ नेसनल कोलिशन पार्टी र दक्षिणपन्थी फिन्स पार्टीभन्दा पछि अर्थात् तेस्रो स्थानमा आएको छ ।

मरिनले संसद्मा साधारण सांसदको रूपमा रहनुभन्दा पहिले नयाँ सरकार गठनका बारेमा परामर्शमा आफ्नो पार्टीको नेतृत्व गर्ने बताउँदै आफुले बिहीबार प्रधानमन्त्रीबाट राजीनामा दिने र कामचलाउ हैसियतमा रहने बताइन् । 

मरिनले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा आफू राष्ट्रपतिपदका लागि उम्मेदवारी नदिने बताएकी छन् । 

सन् २०१९ को अन्त्यतिर मारिनले आफ्ना पूर्ववर्ती एन्टी रिन्नेको राजीनामापछि प्रधानमन्त्री पद सम्हालेकी थिइन् । 

फिनल्याण्डमा नयाँ सरकार गठनका लागि आगामी हप्तादेखि नेसनल कोलिशन पार्टीका प्रमुख पेट्टेरी ओर्पोको नेतृत्वमा वार्ता सुरु हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ