arrow

त्रिचालीसको भयो भाजपा, मोदीको संबोधन १० लाख ठाउँबाट स्क्रिनिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
pm-modi-bjp-gujarat.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ४३ वर्षको भएको छ । सन् १९८० को अप्रिल ६ मा भाजपाको स्थापना भएको थियो । आज स्थापना दिवसको अवसरमा भाजपाले यस दिनलाई विशेष बनाउने भएको छ । 

भाजपा नेताहरुले आज सबै बुथमा पार्टीको नारा लेख्दैछन् । राष्ट्रिय अध्यक्ष जेपी नड्डाले दिल्लीको एक बुथमा गएर भित्तामा नारा लेख्नेछन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान ९ः४५ बजे कार्यकर्ताहरुलाई भर्चुअल सम्बोधन गर्नेछन् । १० लाख ठाउँमा भाषणको स्क्रिनिङ हुनेछ । पार्टीले आफ्ना सबै सांसदहरुलाई संसदमा रहनका लागि भनेको छ । 

भाजपाले आजदेखि डा. भीमराव अंबेडकरको जयन्ती १४ अप्रिलसम्म मनाउने भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ