arrow

गठबन्धनबाट टाढियो जनमत, एक्लै चुनावी मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
janamat-party-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । खानेपानी मन्त्रीबाट राजीनामा दिएसँगै जनमत पार्टी सत्ता गठबन्धनभन्दा बाहिर पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई पटक विश्वासको मत दिएर खानेपानी मन्त्रालय लिएर सरकारमा गएको सीके राउत नेतृत्वको जनमत पार्टी सत्ता गठबन्धनभन्दा बाहिर रहेको छ । 

उपनिर्वाचनको बेला जसपाका अध्यक्ष उपेन्द्र यादवविरुद्ध बारा २ मा जनमत पार्टीले उम्मेदवार खडा गरेर बेग्लै चुनाव प्रचार प्रसारमा लागेको छ । उपराष्ट्रपति निर्वाचनमा पनि जसपालाई सहयोग गर्न नसकिने भन्दै ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको जनमतले यादवलाई सहयोग गर्न नसकिने जनाउँदै माओवादी केन्द्रबाट चुनाव लडेका शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएर अहिले बारा २ मा सीके राउतले मत मागिरहेका छन् ।  

राउत बाराका गाउँ गाउँमा हुँदा सत्ता गठबन्धनले उपनिर्वाचन हुने तीन ठाउँमा आफ्ना उम्मेदवारलाई जिताउन मंगलबार अपील जारी गरेको छ । यस्तो अपील जारी गर्नेमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र लोसपामात्र छन् । जनमत भने त्यहाँबाट अलग भएको देखिन्छ । 

उपराष्ट्रपति निर्वाचनमा जसपालाई च्यापेका मुख्य दलले उपनिर्वाचन हुने बारा–२ मा पनि उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेका छन् । गठबन्धनका आधिकारिक उम्मेदवारका रूपमा यादवलाई घोषणा गरिएपछि जनमत पार्टी झन् चिढिएको छ । 

पटक–पटकको प्रतिबद्धतापछि पनि प्रधानमन्त्री प्रचण्डले भनेको मन्त्रालय नदिएपछि जनमत पार्टीका मन्त्री अब्दुल खानले राजीनामा दिइसकेका थिए । एमालेसँग गठबन्धन गरेर सरकारमा सहभागी हुने बेला नै जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो । 

त्यही मन्त्रालय दिने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका पनि थिए तर पछि दलीय भागबन्डामा जनमतलाई खानेपानी मन्त्रालय दिइयो । असन्तुष्टिकाबीच पनि जनमत पार्टीले मन्त्री पठायो । 

पुरानो गठबन्धन भत्केर कांग्रेससहितको नयाँ गठबन्धन बन्ने क्रममा पनि जनमतले उद्योग मन्त्रालय नै माग्यो । प्रधानमन्त्रीले फेरि दिने प्रतिबद्धता जनाए तर मन्त्रिपरिषद्को कार्यविभाजनमा उक्त मन्त्रालय कांग्रेसको भागमा परेपछि खानले राजीनामा दिए । 

उनले राजीनामा दिएपछि उनलाई भारतीय व्लगरहरुले अश्लील भिडियो पठाएर रकम बार्गेनिङ गरेको विषय बाहिर आएको छ । त्यस सम्बन्धमा छानबिन गर्न उनले नेपाल प्रहरीको साइबर व्यूरोलाई उजुरीसमेत दिइसकेका छन् ।

उनलाई झण्डै छ महिनादेखि नै ब्ल्याकमेलिङ गरिरहेको बताइन्छ । यो प्रसङ्ग बाहिरिएपछि भने खानले उद्योग मन्त्रालय नपाएर बाहिरिएका हुन् वा यो अश्लील भिडियो प्रसङ्गमा फसेपछि राजीनामा दिएका हुन् भन्ने खुलेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ