arrow

सरकारले ल्यायो अर्थतन्त्र सुधार्ने प्राथमिकतासहित न्यूनतम साझा कार्यक्रम [पूर्णपाठसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
10parties-program.jpg

काठमाडौं । सत्ताधारी गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको तर्फबाट न्यूनतम साझा कार्यक्रम बिहीबार साँझ सार्वजनिक गरेकी छिन् ।

उनले जारी गरेको न्यूनतम साझा कार्यक्रममा ‘अर्थतन्त्रमा देखापरेको मन्दी, औद्योगिक उत्पादन तथा व्यवसायिक क्षेत्रमा आएको ह्रास, लगानी जोखिम, वित्तीय क्षेत्रको तरलता संकुचन, उच्च व्याजदर, बढ्दो व्यापारघाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व सङ्कलन तथा पुँजी बजारमा आएको गिरावटलगायतका समस्यालाई आर्थिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढङ्गले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाइनेछ’ भनिएको छ । 

कार्यक्रममार्फत आर्थिक सुधारका लागि सम्पत्ति शुद्धीकरण निवारण ऐन पारित गर्नेदेखि बजेट प्रणालीलाई नीतिगत, संरचनागत तथा कार्यगत रूपमा पुनर्संरचना गर्ने प्रतिबद्धता जनाइएको छ । 

यस्तै स्वदेशी लगानीलाई प्रोत्साहन तथा विदेशी लगानीलाई आकर्षण गर्ने गरी लगानीमैत्री वातावरण निर्माण गर्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ ।

त्यस्तै विदेशी सहयोग र अनुदान उत्पादनशील र भौतिक पूर्वाधार विकासको क्षेत्रमा प्रवाह गर्ने र लगानीमैत्री वातावरणको सुनिश्चितता गर्न आवश्यकतानुरूप आर्थिक ऐन, नियमहरू संशोधन गर्ने उल्लेख छ ।

यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम– 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ