arrow

काभ्रेमा ल क्लिनिकको अवधारणा

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०७९ चैत २५ शनिबार
kavre-law.jpg

धुलिखेल । न्यायिक समितिको भूमिका सुदृढीकरण सम्बन्धमा काठमाडौं विश्वविद्यालय र काभ्रे जिल्लाका १३ पालिकाहरुको सम्मेलन धुलिखेलमा आयोजना गरिएको छ । 

सम्मेलनले “काभ्रे न्यायिक समिति समन्वय मञ्च”को गठन गर्ने निधो गरेको छ । मञ्चको सचिवालय काठमाण्डौं विश्वविद्यालय, स्कुल अफ लमा रहने र प्रत्येक तीन महिनामा समीक्षा वैठक गर्ने निर्णय पनि गरिएको छ । 

सम्मेलनले काभ्रेमा ल क्लिनिकको अवधारणा पनि बनाएको छ । यसले न्यायको पहुँचमा पुग्न नसक्नेका लागि निःशुल्क कानुनी सहायता दिने बताइएको छ ।

कार्यक्रममा मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले न्यायिक समितिले आम नागरिकको न्यायमा पहुँच अभिवृद्धि गर्ने बताए । उनले ब्रह्मले होइन तथ्य र प्रमाणको मूल्यांकन गरेर न्याय गर्नुपर्ने कुरामा जोड दिए । 

काभ्रे जिल्ला अदालतका प्रमुख न्यायाधीश मोहनराज भट्टराईले काभ्रेका न्यायिक समितिको काम प्रशंसनीय रहेको र न्यायिक समितिलाई सहयोग गर्न जिल्ला अदालत सदैव तत्पर रहेको बताए । 

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले काभ्रेका सबै पालिकाहरुलाई न्यायिक तथा अन्य काममा पनि काठमाण्डौं विश्वविद्यालयले सहकार्य गर्ने बताए । 

काठमाडौं विश्वविद्यालय स्कुल अफ लका डिन प्राडा ऋषिकेश वाग्लेले काभ्रेका सबै पालिकाहरुलाई स्कुल अफ लले निरन्तर कानूनी सहयोग पुर्याउने बताए । उक्त कार्यक्रममा काठमाडौं, भक्तपुर र काभ्रेका ६ वटा नगरपालिकाहरुमा न्यायिक समितिको कार्यप्रभावकारिता सम्बन्धमा एक अध्ययन प्रतिवेदनसमेत प्रस्तुत भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ