arrow

चीनले बढायो ताइवानमा गस्ती र निगरानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
china-military-drills-taiwan.jpg

चीन। ताइवानी राष्ट्रपति साई इङ वेनले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेटेपछि चीनले ताइवानको सूक्ष्म अध्ययन गर्न थालेको छ । 

चीनको सैन्य अभ्यासले शनिबार ताइवानको "परिवेश" को पूर्वाभ्यास गरिरहेको राज्य मिडियाले उल्लेख गरेको छ । टास्क फोर्सले एकै साथ ताइवान टापुको वरिपरि गस्ती र अन्य किसिमको व्यवस्थित अध्ययन गर्दै गरेको जनाइएको छ । ताइवानको रक्षा मन्त्रालयका अनुसार चिनियाँ विमान र युद्धपोतहरू स्वशासित टापुको वरपर फेला परेका छन् । 

अनलाइन प्रकाशित प्रतिवेदनले अभ्यासको क्रममा चीनले प्रयोग गरिरहेको हतियारको विवरण दिइएको थियो। सीसीटीभीले "लामो दूरीको रकेट आर्टिलरी, नौसेना विनाशक, मिसाइल डुङ्गा, वायुसेना लडाकुहरू, बमवर्षकहरू, ज्यामरहरू र रिफ्युलरहरू" लगायतका सबै युद्धसामग्रीको तैनाथी गरिएको बताएको छ ।

यता ताइवानले पनि चीनलाई जबाफ दिन सैनिक खटाएको छ । रक्षा मन्त्रालयका अनुसार यी गतिविधिहरूको जवाफ दिन क्याप विमान, नौसेना जहाजहरू र भूमिमा आधारित मिसाइल प्रणालीहरू खटाइएको छ। 

गत वर्ष पूर्व सभामुख न्यान्सी पिलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको बेइजिङले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व अभ्यास गरेको थियो । 

चिनियाँ विदेश मन्त्रालयले  रेगन पुस्तकालय, हडसन इन्स्टिच्युट र वासिङ्टन थिङ्क ट्याङ्कले ताइवान पृथकतावादी गतिविधिलाई बढवा दिएकाले ती संस्था र तिनका पदाधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।  चीनले अमेरिकाको क्यालिफोर्निस्थित हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

चीनको चेतावनीलाई बेवास्ता गर्दै सभामुख म्याकार्थी र राष्ट्रपति साईले दक्षिण अमेरिकी मुलुकको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा क्यालिफार्नियामा भेटवार्ता गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ