arrow

'अमेरिकी सेना अफगानिस्तानबाट छिटै फिर्ता हुनुपर्थ्यो'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
Bagram us army afganistn.png

अमेरिका ।  अमेरिकाको एक अनुसन्धानात्मक प्रतिवेदनले अमेरिका अफगानिस्तानबाट अस्वाभाविक र असहज फिर्ती हुनुभन्दा पहिले नै सहजरूपले फिर्ता भएको भए राम्रो हुने देखाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । 

राष्ट्रिय सुरक्षा परिषद्ले सन् २०२१ अगष्टमामा अमेरिकी सैन्य उपस्थिति फिर्ताको बारेमा सरकारको निष्कर्ष जारी गर्दै एक्कासि अस्वाभाविक निर्णय गरेको थियो जन निर्णयको सर्वत्र आलोचना भएको थियो । 

काबुलको अन्तरराष्ट्रिय विमानस्थलबाट मानिसहरूलाई बाहिर निकाल्दै गर्दा इस्लामिक स्टेटसमर्थितको आत्मघाती बम आक्रमण हुँदा १३ जना अमेरिकी सेना र १७० भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो । अमेरिकी सेना फिर्ता भएको केही दिनमै अफगान सरकारको पतन भएको थियो ।

ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले "स्पष्ट रूपमा हामीले अफगानिस्तानमा तालिबान देश भरि कत्तिको तीव्र गतिमा अघि बढिरहेको छ भन्ने कुराको सूचना यहाँ प्राप्त गर्न सकेनौं" भनेर टिप्पणी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ