arrow

रिलायबल बैंक ग्लोबल आइएमईमा गाभिदै

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
bankmerge.jpeg
काठमाडौँ ।  ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई एक्विजिसन (गाभ्ने) गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ  । शुक्रबार भएको समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष राधेश्याम अग्रवाल ले हस्ताक्षर गरे। दुवै बैंकविच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाहि ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको ग्लोबल आइएमई बैंकले जारी गरेको विज्ञाप्तीमा जनाइएको छ ।
 
 रिलायबल डेभलपमेन्ट बैंकको कुल चुक्ता पूजिँ ७८ करोड ८५ लाख रहेको छ । रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी  ८ अर्व भन्दा बढीहुनेछ ।  साथै कुल निक्षेप ८८ अर्व, कर्जा लगानी  ७४ अर्व र १११ वटा शाखा कार्यालय पुग्ने कम्पनीले जनाएको छ । 
 
ग्लोबल आईएमई बैंकले यस अघि साविक कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्सलाई मर्जर गरि सकेको छ । साथै प्यासिफिक डेभलपमेन्ट बैंक  एक्विजिसन गर्ने सहमति गरी एक्विजिसनको प्रकृयामा रहेको छ ।  त्यस्तै रिलायबल फाइनान्स लि., शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंक लि.सँग मर्जर भै रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड कायम भएकाले यो एक्विजिसन सम्पन्न भए पछि १०वटा बैंक वित्तीय संस्था मर्जर- एक्विजिसन भै बनेको पहिलो बैंक हुने कम्पनिले उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ