arrow

ग्लोबल आईएमई बैंकले ल्यायो ‘पैसा आउने, थपेर पाउने’ योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
global-ime-bank-thapera.jpg

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकिङ प्रणालीमार्फत हुने रेमिट्यान्स कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । 

पैसा आउने थपेर पाउने नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आईएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ ।  

यस क्यासब्याक योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५ हजार देखि ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा सय रुपैयाँ, ५० हजार १ देखि एक लाख रुपैयाँसम्म पैसा पठाउँदा २५० रुपैयाँ र एक लाख रुपैयाँभन्दा बढी पैसा पठाउँदा ५०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । 

यो योजना जुन १०, २०२४ सम्म लागू रहने बैंकले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

ग्लोबल आइएमई बैंकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५०० रुपैयाँसम्म थप गरिदिनेछ । 

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सय भन्दा बढी सेवा केन्द्र रहेका छन् । 

ग्लोबल आईएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको बैंकको दाबी छ । 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको बैंकले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ