arrow

करिब दुई हजार मानिस घरवारविहीन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार

सिन्ह्वा, दार एस सलाम । दक्षिणी तान्जानियाको मिटवारा जिल्लामा आएको भीषण बाढीका कारण करिब दुई हजार जनता घरबारविहीन भएका सरकारी अधिकारीहरूले बताएका छन् । 

देशको दक्षिणी क्षेत्र मटवारामा जारी भारी वर्षासँगै आएको बाढीबाट एक हजार आठ सय मानिस घरबारविहीन भएका मिटवाराका क्षेत्रीय आयुक्त अहमद अब्बासले बताएका छन् । 

पीडितहरू सबैका घर डुवानमा परेको जनाउँदै उनले रुबु नदीमा पानीको सतह अझ बढिरहेकाले थप क्षतिको आशङ्का गरेका छन् । 

प्राथमिक विद्यालयका भवनमा बाढी पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको जानकारी दिँदै क्षेत्रीय आयुक्त अब्बासले त्रिपालका साथै खाद्य सहयोग गरिएको बताएका छन् । 

एक सय हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको मकै र आलु बाढीले नष्ट भएको छ । बाढीबाट भएको क्षतिको मूल्याङ्कन भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ