arrow

सरकार अर्थतन्त्र उकास्न केन्द्रित : गृहमन्त्री श्रेष्ठ [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
narayan kaji.jpg

दमौली। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताएका छन् । तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गरे ।

“अहिलेको प्रमुख कार्यभार आर्थिक समृद्धि हो, यसतर्फ सरकार गम्भीर भएर लागेको छ,” श्रेष्ठले भने, “अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजनासहित अगाडी बढ्छ ।”

मन्त्री श्रेष्ठले अर्थतन्त्रमा केही समस्या देखा परेको बताउँदै अर्थतन्त्रलाई लयमा ल्याइने बताए । अर्थतन्त्रमा देखिएको समस्या सम्बोधनका लागि गम्भीर रुपमा छलफल भइरहेको श्रेष्ठको भनाई छ ।

“गठबन्धन सरकार भएकाले सरकार विस्तार लगायतका कामले केही ढिलाई भएको छ, अर्थमन्त्रीले जिम्मेवारी सम्हाल्निुसक्नुभएको छ,” श्रेष्ठले भने, “प्रधानमन्त्री ज्यूको विशेष पहलकदमीमा आगामी २९ गते यस विषयमा वृहत छलफल गर्दैछौ ।”

अर्थतन्त्रको वर्तमान अवस्था, समस्या र समाधानका लागि ठोस रुपमा के गर्नुपर्छ त्यसतर्फ सरकारले प्रयास गरेको श्रेष्ठले बताए । “हामी यथास्थितिवादीको रुपमा हेरेर मात्र बस्दैनौ, कायापलट गर्छौ पनि भन्दैनौ तर अर्थतन्त्रका समस्या पहिचान गरेर सम्बोधन गर्न ठोस कदम चाल्छौँ,” श्रेष्ठले भने ।

मन्त्री श्रेष्ठले सरकारले चाँडै नै पूर्णता पाउने दावी गरे । महिला हिंसा रोकथामका लागि सरकार कठोर भएर प्रस्तुत हुने मन्त्री श्रेष्ठले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ