arrow

पुनः छलफल गर्ने सहमतिसँगै सकियो बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
3-parties.jpg

काठमाडौं ।  प्रमुख तीन ठूला दलबीच सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । 

बालुवाटारस्थित सभामुख देवराज घिमिरेको निवासमा बसेको बैठकमा दलहरुबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषय र प्रक्रियामा पुनः छलफल गर्ने सहमति भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । 

सो विधेयकलाई अगाडि बढाउने, सदनलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेको संयोजनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्षनेता छलफलमा जुट्नुभएको हो । 

शीर्षनेताहरु सङ्घीय संसद्का संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुङ्गो लगाउन सहमत भएको उनको भनाइ छ । अर्को बैठक आगामी वैशाख १ गते अपराह्न १ बजे सिंहदरबारमा बस्ने संयोजक अधिकारीले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए । 

त्यसैगरी, बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि सहभागिता थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ